-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एसिया कप यू–१९ क्रिकेटमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
शारजहाँमा भएको खेलमा नेपाल १ विकेटले विजयी भएको हो । १२४ रनको सामान्य चुनौती पछ्याएको नेपालले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा जित हासिल गर्यो ।
नरेन साउदले ५४ बलमा २६ तथा कप्तान हेमन्त धामीले ३३ बलमा अविजित रहँदै २२ रन बनाए । त्यस्तै अर्जुन कुमालले ६२ बलमा २१ रन जोडे ।
यसअघि अफगानिस्तानले ३५.४ ओभरमा अलआउट हुँदै १२३ रनमात्र बनाएको थियो । सन्तोष यादव र उनिश ठकुरीले ३–३ तथा हेमन्त धामी र अभिषेक तिवारीले २–२ विकेट लिए ।
यो खेलपछि नेपाल सान्त्वना जितसहित स्वदेश फर्कने छ । समूह बीबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । अफगानिस्तान पुछारमा रह्यो ।
समूह एमा भारत, पाकिस्तान, यूएई र जापान रहेका छन् ।