केएमसीको स्वास्थ्य टोलीले भक्तपुरमा गर्यो साढे सात सय बिरामीको निःशुल्क उपचार
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
624
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा श्री देउजा गाउँ आधारभूत विद्यालयमा आयोजित शिविरमा ७६५ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १०१ जनाको ल्याब परीक्षण, ३५ जनाको ईसीजी, ८५ जनाको भिडियो एक्सरे गरिएको थियो ।
१३ जनाको दाँत खोलिएको थियो भने ३१ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।