arrow

प्रधानमन्त्री ओलीले भेटे सीपीसी अध्यक्ष लेजीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
kp-oli-china.jpg

काठमाडाैँ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो । साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सीपीसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए ।

आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न चीन पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ