देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
625
Shares
काठमाडौँ। अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैङ्क र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैङ्कको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न सक्नेछन् । अर्कोतर्फ ‘हाम्रो पे’ मार्फत सहकारीको खातामा सोझै पैसा पठाउन, क्युआर भुक्तानी लगायतका विभिन्न सुविधा पनि छिट्टै लिएर आउँदै छ।
आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई डिजिटल कारोबारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ दुई संस्थाबिच सहकार्य भएको हो । नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको डिजिटल वालेट ‘हाम्रो पे’ मा हाल ५ लाख भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
वालेट प्रयोग गर्नका लागि छुट्टै एप प्रयोग गर्नु नपर्ने सुविधा सहित कम्पनीले हाम्रो पेलाई हाम्रो पात्रो भित्रै उपलब्ध गराएको छ । एउटै एपमार्फत धेरै सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले यो व्यवस्था मिलाएको हो ।
त्यस्तै ‘एम बैङ्क’ सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आइटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा ‘एम बैङ्क’ सबैभन्दा अगाडि छ । यसको सिस्टममा हाल ५०० भन्दा बढी सहकारीमा जोडिएको छ।