arrow

नेपालबाट चार आईसीटी कम्पनी एपिक्टा अवार्ड्समा सहभागी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
nasit-2024r.jpg

काठमाडौँ । नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरुमध्ये चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै छन्। 

यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ। नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मद्दत गर्दछ।

एपिक्टा अवार्ड्स एसिया-प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।

एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरू हुन्:
●    आई.एम.एस सफ्टवेयर प्रा. लि.
○    फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
●    त्रिलोक्य  टेक्नोलोजी प्रा.लि.
○    सेकुरिटी सोल्युसन्स
●    ईकागजपत्र प्रा.लि.
○    प्रफेशनल सर्भिसेज सोल्युसन्स
●    अलपास टेक्नोलोजी प्रा. लि.
○    गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट


यो प्रतिष्ठित कार्यक्रमले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीहरूलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिनेछ। 

नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवर्धनको लागि महत्वपूर्ण कदमको रूपमा हेर्दछ। यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउनेछ। 

नास आईटीले यी कम्पनीहरूलाई एसिया-प्यासिफिक क्षेत्रका उत्कृष्ट कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न तयारी गर्दै गर्दा शुभकामना दिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ