arrow

एनपीएलमा जनकपुरको शानदार शुरुआत, विराटनगर निरीह [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
npl-bir-jan-24-11-30t-(11).jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टस्ले शानदार शुरुआत गरेको छ । त्रिविविको मैदानमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको हो । 

१२८ रनको झिनो चुनौती जनकपुरले १५.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि श्रीलंकन खेलाडी लहिरु मिलन्थाले ५३ बलमा अविजित रहँदै ७५ रन जोडे । त्यस्तै क्यानेडियन खेलाडी हर्ष थाकेरले ३३ बलमा अविजित रहँदै २९ रन बनाए । क्रिस सोल र प्रतिस जिसीले १–१ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटियो । 

मार्टिन गप्टिलले ४३ बलमा ५५ रन बनाए बाहेक कोही पनि टिक्न सकेनन् । अकिब इलियासले १५ रन बनाए । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । 

कम योगफलमै रोक्ने क्रममा ललित राजवंशीले ३ तथा किशोर महतो र हर्ष ठाकेरले २–२ विकेट लिए । 

बेन माइक र मोम्मद मोहसिनले १–१ विकेट झारे ।

एनपीएलमा आठ टिम रहेका छन् । आइतबार कुनै खेल हुने छैन । सोमबार दुई खेल हुनेछन् । 

सोमबारको पहिलो खेलमा बिहान ९ः१५ बजे काठमाडौँ गुर्खाज् र चितवन राइनोज खेल्नेछन् । 

त्यस्तै दिउँसो १ः१५ बजे जनकपुर बोल्टस् र कर्णाली याक्स खेल्नेछन् । 
 

npl-bir-jan-24-11-30t (2).jpeg
npl-bir-jan-24-11-30t (2).jpg
npl-bir-jan-24-11-30t (3).jpeg
npl-bir-jan-24-11-30t (3).jpg
npl-bir-jan-24-11-30t (4).jpeg
npl-bir-jan-24-11-30t (4).jpg
npl-bir-jan-24-11-30t (5).jpeg
npl-bir-jan-24-11-30t (5).jpg
npl-bir-jan-24-11-30t (6).jpeg
npl-bir-jan-24-11-30t (7).jpeg
npl-bir-jan-24-11-30t (8).jpeg
npl-bir-jan-24-11-30t (9).jpeg
npl-bir-jan-24-11-30t (10).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ