यू–१९ एसिया कपमा जितका लागि नेपाल श्रीलंकाले दिएको २३४ रनको चुनौती पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
597
Shares
काठमाडौँ । एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ ।
यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा नेपालले २३४ रनको चुनौती पछ्याउँदेछ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै श्रीलंकालाई २३३ रनमा रोकेको हो ।
श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाायो । शरुजन शानमुगानथनले ६२ तथा लग्भिन अभिसिंघेले ५० रन बनाएको इनिङ्समा सन्तोष यादवले ४ तथा युवराज खत्रीले २ विकेट लिए । दुई श्रीलंकाली खेलाडी रनआउट भए ।
टेस्ट राष्ट्र श्रीलंकाको यू–१९ टोली १० मध्ये ५ पटक एसिया कपको फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन ।
नेपाललाई गतिलो शुरुआत गर्ने अवसर रहेको छ ।
नेपाल रहेको समूह बीमा सबै टेष्ट खेल्ने राष्ट्रहरु श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।