arrow

मधेसमा रोहिंग्याको संख्या बढ्दो, राजनीतिक संरक्षणको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
Bode-Barsain_Nagarpalika.png

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिका र काञ्चरुप नगरपालिकामा केही रोहिंग्या परिवार बसोबास गर्दै आएका छन् ।

बोदे बरसाइनको जाजर क्षेत्रको वडा नं ५ मा पाँच रोहिंग्या परिवार र काञ्चरुप नगरपालिकाको बालुवा क्षेत्रमा तीन रोहिंग्या परिवार बस्दै आएका छन् । 

यी परिवारलाई नेकपा एमालेका नेता अख्तर मियाँ र सुमनराज प्याकुरेलले सहयोग गरिरहेको स्थानीयले बताएका छन् । 

यसका साथै नेपाल घुम्न गएका केही रोहिंग्या परिवारलाई नेकपा एमाले क्षेत्रका प्रमुख नेता ताराकान्त चौधरी र मेयर रामलखन मल्लले डाकनेश्वरी नगरपालिकामा आश्रय दिइरहेको बताइएको छ । 

उनीहरूले वरपरका क्षेत्रमा थप रोहिंग्याहरूलाई सुविधा दिने योजना बनाएकोसमेत स्रोतले बताएको छ । 

यसका लागि प्याकुरेलले आफ्नो राजनीतिक सम्पर्क र चिनजानका प्रमुख विकास अधिकृतलाई सप्तरीमा राखेर प्रशासनमा परिवर्तन ल्याउन सफल भएकोसमेत स्रोत बताउँछ । 

एक स्थानीय नेताका अनुसार रोहिंग्यालाई भविष्यमा मतदाता बनाउने योजनासहित अहिले सहयोग गरिरहेको बुझिएको छ । 

पछिल्लो समय मधेस प्रदेशमा रोहिंग्याको संख्या बढिरहँदा कुनै ठूलो आपराधिक घटना गराउन सक्रिय रहेको आशंकासमेत गरिएको छ । 

यस सम्बन्धमा नेपाल प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको बताएको छ । एक प्रहरी अधिकृतका अनुसार सुराक पाउन नसके पनि उनीहरुको अचानक वृद्धि भएको संख्याले भने केही न केही चलखेल भइरहेको संकेत पाइएको हो । 

एमालेका स्थानीय नेताहरु संलग्न भएको आरोप लागे पनि जिल्ला एमालेले यसबारेमा कुनै चासो नराखेको पाइएको छ । 

रोहिंग्याको संख्या अहिले देशैभर बढ्दै गएको छ । काठमाडौँमा समेत उत्तिकै मात्रामा बढ्दै गएको छ । 

नेपालमा सन् २०१२ देखि नै यिनीहरुको सक्रियता बढ्दै गएको हो । काठमाडौँ उपत्यकाको कपन र सुनाकोठीमा त रोहिंग्या शरणार्थीको बसोबास नै छ । 

पछिल्लो चार वर्षको अवधिमा रोहिंग्याको संख्या तेब्बरले बढेको पाइएको छ । यद्यपि सरकारले भने यसलाई नजरअन्दाज गरेको पाइएको छ । ठाउँपिच्छे नै राजनीतिक सहारा लिएर उनीहरु बसेका छन् ।

यसले नेपालमा रहेर ठूलै धार्मिक वा सांस्कृतिक चलखेल भएको आशंकासमेत बढ्दै गएको छ । नेपालमा रोहिंग्या बंगलादेश र भारत हुँदै नेपालमा आएको विश्वास गरिन्छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ