arrow

एनपीएल शनिबारदेखि, तयारी तीव्र, खेलहरू डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
dish-home-npl-2024.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै खेलहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्युब च्यानलमा प्रसारण गर्नेछ ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पूर्ण खेलहरू नेपाल भित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।  

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधँै तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताए । 

एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए ।

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौँ, लुम्बिनी, पोखरा र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । 

कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

डिशहोमसँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको शुरुआत भएको र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि भएको डिशहोमले जनाएको छ । साथै यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ । 

एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पुस (३० नोभेम्बरदेखि २१ डिसेम्बर) सम्म  हुँदैछ । यसअघि ट्रफी सार्वजनिक भइसकेको छ ।

डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको डिशहोमले जनाएको छ ।
 

kirtipur-stadium-maintaince (6).jpg
kirtipur-stadium-maintaince (7).jpg
kirtipur-stadium-maintaince (1).JPG
kirtipur-stadium-maintaince (2).jpg
kirtipur-stadium-maintaince (3).JPG
kirtipur-stadium-maintaince (4).jpg
kirtipur-stadium-maintaince (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ