विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले दलगत स्वार्थ भन्दा माथि उठेर समग्र मुलुकको विकासका लागि दलहरु मिलेर अघि बढनु पर्ने बताएकी छन् । मोरङमा भएको मदनग्राम प्रवद्र्धन कार्यक्रममा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अगाडी बढे मात्र मुलुकमा दिगो शान्ति र समृद्धि कायम हुने बताइन् ।
राजनितिक र सामाजिक चेतनामा मुलुक अघि बढिसकेकाले अब आर्थिक विकासमा सबैले ध्यान केन्द्रित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड छ । राष्ट्रपति भण्डारीले सरकारले विकास बजेट निर्माण गर्दा ठूला आयोजनालाई मात्र प्राथमिकतामा राख्ने परिपाटी भएकाले अब ग्रामीण र सार्वजनिक महत्वका योजनाको विकासका लागि समेत बजेट विनियोजन गर्नु पर्ने धारणा राखिन् ।
स्थानीय जनताको जीवनस्तर उकास्ने खालका योजनाहरुमा बजेट केन्द्रित गर्न आवश्यक रहेको राष्ट्रपतिको भनाई छ । राष्ट्रपति भएपछि पहिलो पटक मण्डारी इटहरास्थित आफ्नो घरमा पुगेकी हुन् ।
जन नेता मदन भण्डारीसँग विवाह बन्धनमा बाधिएपछि भण्डारी सो घरमा प्रवेश गर्नु भएको थियो । मदन भण्डारी प्रतिष्ठानले संरक्षण गदै आएको सो घरको राष्ट्रपति भण्डारीले अवलोकन समेत गरिन् । मदन भण्डारीको ४ विघा १५ कट्ठा क्षेत्रफल रहेको घर २०६० सालदेखि प्रतिष्ठनले हेरचाह गर्दै आएको छ ।