पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ९ आइतबार
718
Shares
चितवन । चितवनमा स्कुल बस दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षकसहित २८ जना घाइते भएका छन् । जसमा एक जना गम्भीर छन् ।
जिल्लाकाे कालिका नगरपालिका वडा नं ४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका-९ द्रब्यटारमा दुर्घटनामा परेकाे हाे ।
पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये २२ जनाकाे चितवन मेडिकल कलेज र ६ जनाकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा ३० विद्यार्थीसहित ३२ जना सवार थिए ।