महासचिव पोखरेल भन्छन् – जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
877
Shares
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ भएको बताएका हुन् ।
सभालाई सम्बोधन गर्दै सत्तामा भएका दलहरु जनतामा जाने विषय सामान्य भएको भन्दै सत्तामा रहेर सभा गर्न नमिल्ने भन्ने टिप्पणी नगर्न आग्रह गरेका थिए । उनले एमाले जनताको पार्टी भएकोले जनतामा जाने निर्णय गरेको बताएका थिए ।
महासचिव पोखरेलले एमालेले अहिले देशमा देखिएको निराशालाई चिर्न नेतृत्व गर्ने बताउदै पार्टी र नेतृत्वलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने प्रयास गरिएको बताएका थिए ।