arrow

यस पटकको छठ सम्पन्न, दिइयो उदाउँदो सूर्यलाई अर्घ्य [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
chhat-2081-7-23w-(21).jpg

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडौँ उपत्यकादेखि हिमाल र पहाडसम्म अनि तराईका सबै जिल्लाहरुमा जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छठ सम्पन्न भएको हो । 

छठ पर्व विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । 

सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।  

चार दिनसम्म मनाइने यस पर्वको पहिलोदिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका थिए । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन ( बिना नुन हालेको) खानेकुरा खाएका थिए । 

त्यस्तै षष्ठीका दिन अर्थात् विहिबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।  

षष्ठीका दिन हिजो बिहीबार साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अघ्र्य अर्पण गरेका थिए ।  

त्यस्तै छठ पर्वको चौथो दिन अर्थात् आज एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गरिएको छ ।

महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुआत भएको तथ्य उल्लेख छ । 

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमासमेत विकसित छठ पर्व हिन्दू सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामर्थ्य नभएका गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

chhat-2081-7-23w (1).jpg
chhat-2081-7-23w (2).jpg
chhat-2081-7-23w (3).jpg
chhat-2081-7-23w (4).jpg
chhat-2081-7-23w (5).jpg
chhat-2081-7-23w (6).jpg
chhat-2081-7-23w (7).jpg
chhat-2081-7-23w (8).jpg
chhat-2081-7-23w (9).jpg
chhat-2081-7-23w (10).jpg
chhat-2081-7-23w (11).jpg
chhat-2081-7-23w (12).jpg
chhat-2081-7-23w (13).jpg
chhat-2081-7-23w (14).jpg
chhat-2081-7-23w (15).jpg
chhat-2081-7-23w (16).jpg
chhat-2081-7-23w (17).jpg
chhat-2081-7-23w (18).jpg
chhat-2081-7-23w (19).jpg
chhat-2081-7-23w (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ