काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नेपाल जेसीजको ४३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार र सपथ ग्रहण नगराउन निर्देशन दिएको छ । अध्यक्षका उम्मेदवार विष्णु बरालले निर्वाचनमा धाधली भएकोमा छानवीन गरिपाउ भनि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।
प्रशासन कार्यालयले ४३ औ महाधिवेशनका निर्वाचन आयुक्तलाइ निर्वाचन सम्बन्धी सम्पूर्ण कागजातहरु सहित उपस्थित हुन समेत आदेश दिएको छ । निर्वाचनमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेद्धवार प्रकाश अधिकारीलाई जबरजस्ती विजयी घोषणा गरिएको भन्दै सत्य तथ्य छानवीन गरी दोषीहरुलाइ कडा कारवाही गर्न अध्यक्षका अर्का उम्मेदवार विष्णु बरालले जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन दिएका थिए ।’
बराललले उक्त निर्वाचन परिणाम सार्वजनिक हुनु अगावै आफूले उम्मेद्धवार तथा उम्मेद्धवारको प्रतिनिधिको स्विकृति विना निर्वाचनको मतपरिणाम नै सार्वजनिक नै नगराईदिन तथा सम्पूर्ण कागज एवम् मतपत्र सुरक्षित राखिदिनको लागि जिल्ला प्रशासन काठमाडौंमा समेत बोधार्थ गरि निवेदन दर्ता गराएको बताए ।
अध्यक्षका उम्मेदवार बरालका अनुसार १३५० मतपत्र जारी गरिएको थियो तर त्यसमा ८५ मतपत्र फिर्ता आएको थियो । जसमा कुल १२३५ मत मतदान भएको भनि मुचुल्का समेत भएको तर मतगणना गर्दा १२८४ मतगणना भएको देखिएकोले ४९ मत कहाँबाट घुसाइयो त्यसको स्रोत के हो भन्दै निर्वाचनमा षड्यन्त्र तथा धाँधली भएको बरालको आरोप छ । ,‘नेपाल जेसीजनको ४३ औं राष्ट्रिय महाधिवेशन यही मंसिर २५ गतेदेखि २९ सम्म धापासीमा भएको थियो ।
बर्ष २०१५ का राष्ट्रिय अध्यक्ष बनेका जगत पोखरेलले नक्कली कागजात पेश गरी उमेर ढाटेको प्रमाणित भएपछि गतबर्ष उनलाई अध्यक्ष पदबाट बर्खास्त गरिएको थियो भने नेपाल जेसीज जेसीआइको अन्तराष्ट्रिय कार्वाहीमा परेको थियो । यद्धपी कार्वाही अझै फुकुवा भएको छैन । जेसीजमा १८ देखि ४० बर्ष भित्र उमेरका ब्यक्ति मात्र सदस्य रहन पाउने प्राव्धान छ ।