arrow

फास्टट्र्याक आफैं बनाउने सरकारको औपचारिक निर्णय, अरु के–के भए निर्णय ?

शुक्लाफाँटा बन्यजन्तु अारक्ष अब राष्ट्रिय निकुञ्ज

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
mantri-parishad-karyalay.jpeg

काठमाडौं । सरकारले औपचारिक रुपमा तराई काठमाडौं जोड्ने द्रूत मार्ग निर्माण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त द्रूत मार्ग नेपाल आफैंले आन्तरिक लगानीमा बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।  फास्ट ट्र्याक आफै निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा ७ सदस्यीय समिति गठन पनि गरेकाे छ । समितिले आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझाव दिनेछ। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

त्यस्तै बैठकले शुक्ला फाँटा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउने निर्णय पनि गरेको छ । नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँट वन्यजन्तु आरक्ष पहिला बि.सं. २०२६ (सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरिएको थियो भने यसले बि.सं. २०३३ (सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गरेको थियो ।

त्यस्तै, पुनरावेदन समितिको अध्यक्षमा सरकारले प्रमोद कुमार बैद्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय फुटबल टिमलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । तर के कसरी गर्ने भन्ने विषयमा भने निर्णय नभएको मन्त्री कार्कीले जानकारी दिए । यससँगै बैठकमा शान्ति कोष नियमावली स्वीकृत गर्ने, प्रदेश निजामति सेवाको गठन सञ्चालन सम्बन्धि विधेयक तर्जुमा गर्ने लगायतको निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

इञ्जिनियरसँग वार्ता हुने
भूकम्पपछिको पुनःनिर्माणमा खटिएका प्राविधिक इञ्जिनियहरुले सेवा सुविधा कम भएको जनाउँदै दिएको सामूहिक राजीनामाबारे सरकारले वार्ता गरेर समस्या समाधान गर्ने निर्णय सरकारले गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ