arrow

ज्ञानेन्द्रले भने, –अझै पनि जनताको आस्था ‘राजसंस्था’मै छ (विज्ञप्तिसहित)

‘इतिहासले सूम्पिएको गहन जिम्मेवारी पूरा गर्न मूखर र प्रखर रुपले जाग्नै परेको छ/लाग्नै परेको छ’

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
Gyanendra-shaha.jpg.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता बढ्दै गएको र राष्ट्रिय खतरामा रहेको औंल्याउँदै लामो वक्तव्य निकालेका छन् । पूर्व राजा शाहले वुधबार विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिको स्लगमा ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट जारी गरिबक्सेको विज्ञप्ति’ भनिएको छ । शाहले राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा पूर्व राजा शाहले भनेका छन्, ‘वाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ता हावी भएका छन् ।’ जसले राष्ट्रिय गौरव मेट्ने प्रयास भइरहेको छ । त्यो कदापि सह्य नहुने तेतावनी समेत पूर्व राजा शाहले दिएका छन् । शाहले हिमाल, पहाड र तराईको सद्भाव तोड्ने प्रयास भइरहेकोप्रति समेत चिन्ता गरेका छन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।’ पूर्व राजा शाहले आफुले त्यतिकै सहज रुपमा सत्ता नसुम्पिएको र त्यो इतिहासमा पुनःविचार गर्ने बलका लागि घुमाउरो आह्वान गरेका छन् ।

जनताको आस्था अझै राजसंस्थामै रहेकोतर्फ संकेत गर्दै पूर्व राजा शाहले भनेका छन्, ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूसम्पन्न राख्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ ।’

राष्ट्रप्रेम र राष्ट्रप्रेमप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको ५ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भड्की सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन–विज्ञप्तिमा भनिएको छ ।
 
पटक–पटक राजनीतिक नेताहरुलाई चुनौती दिँदै आएका पूर्व राजा शाहले नयाँ विज्ञप्तिमार्फत निषेध र प्रतिशोधको मानसिकताबाट बाहिर निस्कन भनेका छन् । केही साता अघि मात्रै ज्ञानेन्द्र सिंगापुर, दिल्ली र बेइजिङ भेटघाट गरेर स्वदेश फर्किएका थिए ।

ज्ञानेन्द्रको वक्तव्यबारे राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिक्रिया जनाउने बताएको छ । रापप्रका एका नेताले हाम्राकुरासँग भने, ‘वक्तव्य आयो भन्ने जानकारी पाएका छौं । पढेका छैनौं । विहिबार विहान सम्म हामी प्रतिक्रिया दिन्छौं ।’

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ