arrow

गतिरोध अन्त्यका लागि बीचको बाटो खोजौँ : डा भट्टराई

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
baburam.jpeg
नेपालगन्ज । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताएका छन् । 
 
सुर्खेतबाट काठमाडौँ जाने क्रममा नेपालगन्ज विमानस्थलमा  कुरा गर्दै भट्टराईले भने , “सरकारले आन्दोलनकारी शक्तिसँग पूर्ण रुपमा सहजीकरण गरी सहमतिको निकास निकाल्न सक्नु नै उत्तम विकल्प हो ।” उनले राज्यको पुरानै संरचनामा चुनाव गर्छु भन्नु गलत हो भन्दै संविधान संशोधनबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा(एमाले)लाई सहमतिमा ल्याएर मात्र निर्वाचनको घोषणा गर्न सुझाव दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ