बुर्तुङ–राम्दीमा दुई ट्रक आपसमा ठोक्किए, मानवीय क्षति
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १३ मंगलबार
1k
Shares
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा एक जना घाइते भएका छन् ।
मंगलबार बिहान बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका(३, पिपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते रानालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।