रवि लामिछाने रिहाइको मागसहित रास्वपाको शक्ति प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
1k
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार दिउँसो काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । सभापति रवि लामिछाने सहकारी ठगीसहित विभिन्न मुद्दामा हिरासतमा रहेपछि उनलाई रिहाइको माग गर्दै रास्वपाले काठमाडौमा शक्ति प्रदर्शन गरेको हो ।
पोखरामा गत कार्तिक ३ गतेदेखिको शक्ति प्रदर्शनलाई बिहीबार कार्तिक ८ गते बिट मारेर रास्वपा काठमाडौँ केन्द्रित शक्ति प्रदर्शनमा उत्रिएको हो । उपत्यकाका विभिन्न भागबाट आएका सयौँ नेता कार्यकर्ता माइतीघर मण्डलामा भेला भएर शक्ति प्रदर्शन गरेका हुन् ।
उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रतिवेदन के भन्छ ८७ अर्ब ले भन्छ’, राजनीतिक प्रतिशोध बन्द गर, सरकार तिम्रो पाराले दुःख पायो साराले, सत्ताको दुरुपयोग बन्द, दुई तिहाईको दम्भ बन्द गर, सत्य कहिल्यै ढल्दैन तानाशाही अब चल्दैन, दोषी समाउ सरकार दोषी चस्माले हेरेर होइन’ लगायतका नाराहरु लेखिएका थिए ।
रवि लामिछानेलाई बिहीबार थप सात दिनको हिरासतमा राख्न अदालतले आदेश दिएसँगै रास्वपाका नेताहरुले काठमाडौँ केन्द्रित आन्दोलन थालेका हुन् ।