माछापुच्छ्रे बैङ्कद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
498
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विगत केही समय अगाडी आएको बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले २५ लाख रुपैयाँ सहायता स्वरूप प्रदान गरेको छ।
बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैङ्क व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो।