काठमाडौँ । प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायाधीश नियुक्ति गर्दा नवीन सोच राखी समानुपातिक र समावेशी तरिकाले गर्ने बताएकी छन् ।
न्याय परिषद्को २६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरिएको ‘न्याय परिषद् बुलेटिन’ सार्वजनिक गर्ने कार्यक्रममा उनले नवीनतम सोचका साथ समावेशी तरिकाले न्यायाधीश नियुक्ति गर्ने बताइन् ।
प्रधान न्यायाधीश कार्कीले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै परिषद्लाई आएका सकारात्मक टिप्पणीलाई ग्रहण गर्न अग्रसर रहेको उल्लेख गरिन् ।
सबैलाई न्यायमा पहुँच पुर्याउनका लागि न्याय परिषद् दिवसले थप जिम्मेवारी र क्रियाशील बनाउने विश्वास पनि उनले व्यक्त गरिन् । रासस