गुल्मी । गुल्मीमा वामीटक्सार बजार बृहत रुपमा विरोध जुलुस प्रदर्शन गरिएको छ ।सरकारले ५ नम्बर प्रदेशलाई टुक्रयाएर अलग बनाएर संसदमा दर्ता गरेको संविधान संशोधन बिधेयकको खारेजीको माग गर्दै आज १९औँ दिन पनि बृहत विरोध जुलुस प्रदर्शन गरिएको हो ।
जिल्लामा पौष १ गते देखि आजसम्म अर्थात ३ गते सम्म आम हड्ताल र बन्द गरिएको थियो आज बन्दको अन्तिम दिन वामीटक्सारमा बृहत विरोध जुलुस प्रदर्शन गरिएको छ । विरोध जुलुसमा झण्डै आधा दर्जन गाविसका हजारौ जनताहरु प्रर्दशनमा उत्रिएका थिए ।
विरोध जुलुस प्रदर्शनको कोण सभामा सम्वोधन गदै संयुक्त आन्दोलन परिचालन समितिको वामीटक्सारका संयोजक शुदर्सन शाक्यले पाँच नम्बर प्रदेशलाई टुक्रयाएर अलग बनाएर संसदमा दर्ता गरेको संविधान संशोधन बिधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने भन्दै आजै दिउँसो २ बजेदेखि आम हड्ताल तथा बन्दको स्वरुप परिवर्तन गरिएकोले यातायातका सवारी साधनहरु बजार, शिक्षण संस्था,वित्तीय संस्था,सरकारी तथा ग्रैर सरकारी संघ संस्थाहरु खुल्न दिने र आन्दोलनको स्वरुप परिवर्तन गरी शान्त्तिपूर्ण हुने बताए ।