काठमाडौंं । सिन्धुलीको रत्नावती गाविसमा पर्ने सुनकोशी नदीमा जीप खस्दा ७ जनाको ज्यान गएको छ । काठमाडौंबाट हलेसी तर्फ जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जीप सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी छिरिङ लामाले जानकारी दिए ।
दूर्घटनाको कारण खुल्न सकेको छैन भने मृतकको पहिचान समेत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकहरुकाे नामावली यस्ताे छ ।
घाइते
सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्ट वडा नं.६ का ५० वर्षीय दाल्मु शेर्पा
बेपत्ता
सिन्धुलीपाल्चोक फुल्पिङ्गकट्ट वडा नं.–६ का ४५ बर्षिय दानुर्ब शेर्पा
मृतकहरु
गाडी चालक लमजुङ सानिभन्ज्याङ अन्दाजी ४० बर्षका झपटबहादुर गुरुङ
सिन्धुपाल्चोक फुल्पिङगकट्ट ६ का ५० वर्षीय साङगदोर्जे शेर्पा
सिन्धुपाल्चोक फुल्पिङगकट्ट ७ का ५७ वर्षीय बाले शेर्पा,
सिन्धुपाल्चोक फुल्पिङगकट्ट ७ का वर्ष ५० की बिवुती शेर्पा,
सिन्धुपाल्चोक फुल्पिङगकट्ट ६ का वर्ष ५० की सर्किनी शेर्पा,
काठमाडौं महानगरपालिका स्वयम्भु गोल्ढुङकी ६० बर्षिय टुकुली शेर्पा र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टरसर्व श्री बहादुर सिंहले जानकारी दिए । उनका अनुसार एक जना भने अझै बेपत्ता छन्। गाडीमा ९ जना रहेको र ७ जनाको घट्स्थलमै मृत्यु भएको थियो भने घाइते रहेका १ जनाको उपचारार्थ काठमाडौं ल्याइएको छ ।