स्वदेश नफर्केका १५ बङ्गलादेशी नागरिक सोह्रखुट्टे क्षेत्रबाट पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
768
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।