-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका-४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ ।
गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् ।
किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए ।
उनी हात्ती धपाउन गएका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताइएको छ ।