महान् चाड नजिकिँदै गर्दा होलसेल ब्यापारीदेखि भरियासम्म मालामाल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
544
Shares
काठमाडौँ । महान् चाड बडादशैँ नजिकिएसँगै काठमाडौँका व्यापारिक केन्द्रहरुमा चहलपहल बढेको छ । न्यूरोडको रञ्जना गल्ली, खिचापोखरी, महाबौद्ध, असन, इन्द्रचोक लगायतका स्थानमा संचालित होलसेल बजारमा चहलपहल बढेको छ।
सो क्षेत्रमा देशका विभिन्न भागबाट पसलको लागि सामान आउने गर्दछन् । दशैँ नजिकिएसँगै महाबौद्धका भरिया पनि निकै व्यस्त देखिन्छन् ।
अन्य समयको तुलनामा दशैँ तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् ।
अरु बेला काम निकै कम र आम्दानी मुस्किलले १००० सम्म भए पनि अहिले भने ३००० देखि ४००० सम्म पनि कमाउने उनीहरु बताउँछन् ।