केएमसी र नोबेलको टोली बरहथवामा, १८ सय बिरामीको उपचार [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
731
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको बरहथवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जनता माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त शिविरमा १ हजार ७७५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ३१३ जनाको भिडियो एक्सरे, १३७ जनाको ईसीजी, ९३ जनाको ईको तथा १६४ जनाको ल्याब परीक्षण गरिएको थियो ।
त्यस्तै १५९ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
उक्त कार्यक्रम क्षेत्र नम्बर २ ख का प्रदेश सभापति सरोज यादवको सभापतित्वमा भएको थियो ।
त्यस्तै मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख अतिथि भएको कार्यक्रममा सांसद डा शर्मा, मधेसका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, संविधान सभा सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद लक्ष्मण राय र पूर्व सभापति महेन्द्र साहाले मन्तव्य राखेका थिए ।
डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।