सिमलपानीमा झरनामा नुहाउँदा खोलाले बगाएर दुई जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
1k
Shares
अर्घाखाँची । अर्घाखाँचीको सिमलपानीमा झरनामा नुहाउने क्रममा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ ।
शीतगङ्गा नगरपालिका-१४ ढावामा छहरे खोलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका-२ निवासी २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीलाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीत सिंह राठोरले बताए ।
मंगलबार दिउँसो झर्नामा नुहाउने क्रममा बगेका दुवैजनाको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताए ।