उन्नाइस वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन युवा पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
748
Shares
रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका ५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका ६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका ३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।
उनीहरूले ती किशोरीलाई गत भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।