माछापुच्छ्रे बैङ्कको चाडपर्व लक्षित कर्जामा छुट योजना
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
819
Shares
तस्बिर : फाइल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान् चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ। तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैङ्क लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।
त्यस्तै बैङ्कले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ। यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ। माथि उल्लेखित अफरहरू भाद्र ३१ सम्म लागु हुनेछन्।
हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैङ्किङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।