नाडा अटो शोमा सीजी मोटर्सका चार नयाँ ब्राण्ड सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
671
Shares
काठमाडौँ । नाडा अटो शो २०८१ लाई लक्षित गरि सीजी मोटर्सले नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरुको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले ४ विभिन्न नयाँ ब्राण्डहरु सार्वजनिक गरेको हो। नाडा अटो शो शुभारम्भ भएसँगै नेपालको अर्थ मन्त्री विष्णु पौडेल द्वारा उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो।
सीजी मोटर्सले नाडा अटो शो मार्फत नेपाली बजारलाई सुहाउँदो अवतार, एक्सपेङ, रिद्दारा र हिरो गरी ४ नयाँ ब्राण्ड सार्वजनिक गरेको हो। यी ४ नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। यसपालिको नाडा अटो शोमा नेटा, एक्सपेङ, अवतार,आयन, रिद्दारा, सीजी केवाईसी, किङ लङ र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल रहेका छन्।
सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतार को अवतार ११ मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चानगान, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो।
अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयूभी हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार ११ मा १९० किवाटको मोटर जडित छ भने ९० किलोवाट प्रतिघण्टा र ११६ किलोवाट प्रतिघण्टाको ब्याट्री गरी नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरुले नाडा अटो शो को स्टल नम्बर एच १३ मार्फत थप जानकारी पाउन सक्ने सीजीले जनाएको छ ।
नाडा अटो शो को स्टल नम्बर जी१२ मा रहेको एक्सपेङ, सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो। एक्सपेङ को जी६ मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ। १९० किलोवाटको मोटर र ६६ किलोवाटको ब्याट्री रहेको एक्सपेङ जी६ ले २१५ किलोवाट सम्मको डीसी फास्ट चार्ज सपोर्ट गर्छ भने १० % बाट ८०% सम्म चार्ज गर्न मात्रै २० मिनेट लाग्नेछ।
त्यसैगरी नाडा अटो शो मार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो रिद्दारा । नाडा अटो शो को स्टल नम्बर ए९ मा रहेको रिद्दारा ले नेपाली बजारमा रिद्दारा आरडी६ सार्वजनिक गरेको हो। ६३ किलोवाटको ब्याट्री र २०० किलोवाटको पिक मोटर पावर रहेको रिद्दारा आरडी६ ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्ने सीजीले जनाएको छ।
नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको अपार सफलता पश्चात नेटाले नयाँ मोडल, नेटा एक्स नाडा मार्फत सार्वजनिक गरेको छ। नेटा एक्स स्टल नम्बर ए३ मा रहेको छ र ग्राहकहरुले उक्त स्टलबाट नेटा एक्सको अनुभव लिन सक्नेछन् ।
कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्ज सहित नेटा एक्स मा ८ वर्ष वा १८०००० किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। सीएटीएलको ब्याट्री जडित नेटा एक्सलाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिने छ।
त्यसैगरी स्टल नम्बर बी ५ मा रहेको आयनले नाडालाई लक्षित गरीआयन वाई, आयन भी, हाइपर र हाइपर एचटी प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर एम १३ बाट हिरोमार्फत सीजी मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ। उक्त स्टलमा हिरोको करिमा एक्सएमआर, एक्स पल्स प्रो २०० फोर भी, एक्स ट्ररिम १६० ए फोर, एक्स-ट्रिम १२५ आर र जुम ११० प्रदर्शनमा रहेका छन् ।
यससँगै सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान, सीजी केवाईसी स्टल नम्बर जे २ मार्फत प्रदर्शन गरिएको छ । सीजी केवाईसीले विगतका वर्षहरुमा ग्राहकहरुको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान हुन पुगेको दाबी सीजीको छ।
नाडा अटो शो मार्फत सीजी केवाईसीले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी केवाईसीको ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरुलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्ने जनाएको छ। सीजी केवाईसीले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, एबीएस जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरु समावेश गरिएको उल्लेख गरेको छ ।
यसैगरी लामो रुटको यात्राको लागि लक्जरियस र कम्फर्टेबल यात्राको समाधान स्वरुप सीजी मोटर्सले किङ्गलङ्ग १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर जे वानमा प्रदर्शनमा राखिएको छ।