चौतीस तोला अवैध सुन र १० किलो चाँँदी बरामद, चार पक्राउ
सौरभ गिरी,
प्रकाशित २०८१ भदौ ११ मंगलबार
1k
Shares
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट ३४ तोला अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा गएको बाँके प्रहरीको टोलीले नेपालगन्जको सुनारमन्डी र विपी चोकबाट ३४ तोला सुन र १० किलो चाँदी बरामद गरेको हो।
बाँके प्रहरी श्रोतका अनुसार सोमबार दिउँसो अवैध रुपमा राखिएको ३२ तोला सुन र १० किलो चाँँदीसहित ४ जनालाई पक्राउ गरिएको छ।
प्रहरीले सुन बरामद घटनाको पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ भने सुन र चाँँदी कहाँबाट बरामद भन्ने केही खुलाएको छैन ।