अछाम । अछाममा चट्याङ लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ५ का विन्दवासिनी धामी गाउँका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी छन् ।
अछाम प्रहरीका अनुसार घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । घाइते दुवैको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।