मर्स्याङ्दी बस दुर्घटना अपडेट : २९ को उद्धार, १४ जना अति गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
429
Shares
फाइल तस्बिर
तनहुँ । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । हालसम्म २९ जनाको उद्धार गरिएको छ ।
जसमा १४ जनाको अवस्था अति गम्भीर (अचेत) रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी दीपकुमार रायले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि आँबुखैरेनी अस्पतालमा लगिएको छ । डएसपी रायका अनुसार बसमा ४० जना यात्रु रहेकोमा ११ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस केही समय अघि तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।