मर्स्याङ्दीमा खसेको बस अपडेटः १९ जनाको उद्दार, केहीको अवस्था अति गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
914
Shares
तनहुँ । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । हालसम्मको उद्धार गरिएको खबर प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाका अनुसार बसबाट हालसम्म १९ यात्रुको उद्धार गरिएको छ ।
उनीहरु सबै घाइते छन् । घाइतेमध्ये केही अति गम्भीर छन् । उनीहरुलाई अस्पताल लैजाने प्रयास भइरहेको उनले बताए ।
भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस केही समय अघि तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।
बसमा ४० जना यात्रु रहेको दुर्घटनाअघि इलाका प्रहरी कार्यालयमा टिपाइएको इन्स्पेक्टर थापाले बताए ।