“यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उनले भने, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।”
अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।
“हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उनले भने, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।”