हैजाका बिरामी बढ्दो क्रममा, यसो गर्दैछ स्वास्थ्य मन्त्रालय
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
958
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । देशभर हैजाका बिरामी बढ्दो क्रममा रहेका छन् । सोमबारसम्म हैजाका बिरामीको संख्या ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा सबैभन्दा बढी ललितपुरमा ३८ पुगेका छन् । त्यस्तै काठमाडौँमा २, कैलालीमा ८ र प्युठानमा २ जनामा संक्रमण देखिएको छ ।
ललितपुरका तीन जना अस्पताल भर्ना भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरुको खोजी र बिरामीहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुमा लक्षणको निगरानी गर्ने गराउने कार्य गरिरहेको जनाएको छ ।