च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्नुपर्छ - महेश बस्नेत
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
351
Shares
काठमाडौँ । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।
उनले देशमा राजनीतिक स्थिरता दिनका लागि काँग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताए । उनले साना दलहरूको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरूलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए ।
उनले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरूसँग सहकार्य नगर्ने कुरामा प्रतिबद्ध भएको पनि बताए । उनले निर्वाचन सँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताउनु भयो । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।