arrow

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
ain-mahar-uml-02-03.jpg

काठमाडौँ। नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यो पूरा हुन नसकेको टिप्पणी गरे।

सांसद महरले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै बजेट प्रस्तुत भएपछि निराशा उत्पन्न भएको बताए। उनले बजेटको विषयवस्तुसँगै अर्थमन्त्रीको प्रस्तुति शैलीप्रति पनि असन्तुष्टि जनाए।

‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो, तर विडम्बना त्यस्तो हुन सकेन,’ उनले भने, ‘विद्वान अर्थमन्त्री टिभीमा देख्दा र विगतका वक्तव्य सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो, तर बजेट सदनमा प्रस्तुत भएपछि सार चित्तबुझ्दो लागेन।’

उनले अर्थमन्त्रीको व्यवहार र प्रस्तुति शैलीप्रति पनि आपत्ति जनाउँदै त्यसले गम्भीर प्रश्न उठाएको टिप्पणी गरे।

‘बजेटमा समेटिएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटीट्यूडले हामीलाई गम्भीर बनायो,’ उनले भने, ‘उहाँ प्रतिपक्षलाई हेप्ने र अपमान गर्ने शैलीमा प्रस्तुत हुनुभयो, जुन विद्वान व्यक्तिमा हुनुपर्ने स्वभाव होइन।’

सांसद महरले बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका वर्गका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको आरोप पनि लगाए।

उनले बजेटलाई गैरजिम्मेवार, हावादारी र असन्तुलित दस्तावेजको संज्ञा दिँदै यसले जनमतको अपमान गरेको दाबी गरे।

‘बजेटले दूरदराज देखेन, गरिब, विपन्न, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गलाई देखेन,’ उनले भने, ‘यो बजेट एक प्रकारले गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो छ, जसले निराश बनाएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ