arrow
ADVERTISEMENT

बस्ती जोगाउन तटबन्ध निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
Kanchanpur.jpeg.jpeg

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।  

खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन् । 

समूहले तारजाली र ढुङ्गाको व्यवस्था गरेको थियो । बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो  तटबन्ध निर्माण गरेका हुन् ।

नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ । तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ । सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुङगा ढुवानीमा रु पाँच लाख  खर्च भएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ