arrow

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
ramu-poudel-rastra-bank-spe.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । गभर्नर महाप्रसाद अधिकारीले सोमबारदेखि लागू हुने गरी पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । 

पौडेल हाल नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन् । 

प्रवक्ता पौडेलले अर्थशास्त्रमा दर्शनाचार्य (एमफिल) तथा व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।

यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले हेर्दै आएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ