खाँदबारी । संखुवासभाको खाँदबारीमा नेवार समुदायले नेवारी वेशभूषामा धिमे बाजासहित शनिबार नेवाः संस्कृति झल्किने झाँकी निकालिएको छ ।
संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको पच्चीस दिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । रासस