वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिइने, मौद्रिक नीतिले ल्यायो यस्तो व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1.1k
Shares
काठमाडौँ। वैदेशिक रोजगारीमा जान चाहनेलाई बैङ्क तथा वित्तीय संस्थामार्फत बिना धितो ऋण दिइने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कले यस्तो घोषणा गरेको हो।
उक्त व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैङ्क खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ।
यो व्यवस्था जेठ १५ मा सार्वजनिक भएको बजेटमा गरिएको थियो। यसलाई कार्यान्वयन गर्न मौद्रिक नीतिले व्यवस्था गरेको हो।