ब्याजदर कोरिडोरको माथिल्लो सीमा घट्यो, तल्लो सीमा यथावत्, कस्तो पर्छ असर?
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1.3k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले ब्याजदर कोरिडोरको माथिल्लो सीमा घटाएको छ। ब्याजदर कोरिडोरको माथिल्लो सीमा मानिने बैङ्क दर ७ प्रतिशत रहेकोमा त्यसलाई घटाएर ६.५ प्रतिशत कायम गरिएको छ।
त्यस्तै, नीतिगत दरलाई ५.५ प्रतिशतबाट घटाएर ५.० प्रतिशत कायम गरिएको छ। ब्याजदर कोरिडको तल्लो सीमाको रूपमा रहेको ३.० प्रतिशतको निक्षेप सङ्कलन दरलाई यथावत् राखिएको राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बताए।
यो दर परिवर्तनले बैङ्क तथा वित्तीय संस्थाहरूले राष्ट्र बैङ्कबाट प्राप्त गर्ने अल्पकालीन कर्जाहरू सस्तो ब्याजदरमा प्राप्त गर्न सहयोग पुग्नेछ। तल्लो सीमामा कुनै परिवर्तन नहुनुले बैङ्किङ क्षेत्रको बचत निक्षेपको ब्याजदर त्योभन्दा तल नजाने निश्चित गरेको छ।