असल कर्जाको प्रोभिजनिङ घट्यो, बैङ्कहरूको झण्डै ५ अर्ब नाफा बढ्ने
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1.6k
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले असल कर्जामा कायम गर्नुपर्ने प्रोभिजनिङको दर घटाएको छ। आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेको हुन्।
अहिले बैङ्कहरूले असल कर्जाबापत १.२० प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ। यसलाई घटाएर १.१० प्रतिशत बनाइएको छ।
अहिले बैङ्क तथा वित्तीय संस्थाले कुल ५१ खर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। ऋणमध्ये ०.१ प्रतिशत बराबर प्रोभिजनिङ अब घट्नेछ। यसो गर्दा बैङ्कहरूले प्रोभिजनिङबापत छुट्टाएको करिब ५ अर्ब रुपैयाँ नाफामा देखाउन पाउनेछन्।
यसले आगामी वर्ष बैङ्कहरूलाई लाभांश वितरणमा सहजता थप्नेछ।