खेलकुद मन्त्री गयल भएपछि संसदको सूचीबाट हटाइयो मन्त्रालयगत छलफल
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
1.4k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत छलफल चलिरहँदा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उपस्थित नभएपछि मन्त्रालयगत छलफल स्थगित भएको छ ।
खेलकुद मन्त्रालयबारे छलफल हुनुपर्नेमा मन्त्री श्रेष्ठ नै संसदको बैठकमा सहभागी नभएपछि उनीमाथि प्रश्न उठेको हो ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रालयको जिम्मेवार मन्त्री नै उपस्थित नभएपछि के आधारमा त्यो मन्त्रालयबारे छलफल गर्ने भनेपछि सभामुख देवराज घिमिरेले आजको सूचीबाट युवा तथा खेलकुद मन्त्रालयको छलफल हटाइएको हो ।