रविको बार्गेनिङले काम नगरेपछि तल्लो स्तरमा झरे - सम्भव सिरोहिया [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
1.3k
Shares
काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे बार्गेनिङले काम नगरेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको बताएका छन् ।
सामाजिक सन्जालमा भनाइ सार्वजनिक गर्दै उनले रविले सहकारी प्रकरणलाई दवाउन कान्तिपुर व्यवस्थापनमा गरेको आग्रह पूरा नभएपछि तल्लो स्तरमा झरेर आफ्ना बाबु कैलाशलाई पक्राउ गरेको दाबी गरेका हुन् ।
सो क्रममा उनले यसअघि अख्तियार प्रमुख लोकमान सिंह कार्की तथा प्रधानन्यायाधीश गोपाल पराजुलीसँग पनि यस्तै समस्या परेको जानकारी दिए । साथै राजा ज्ञानेन्द्र शाहले पनि सिरोहिया र तत्कालिन कान्तिपुर दैनिकका प्रधानसम्पादकलाई पक्रेको उल्लेख गरेका छन् ।
सम्भवले उक्त भनाइमा कुनै पनि दलका नेता भ्रष्टाचारमा मुछिए कसैको पनि बचाउ नगरी सत्यतथ्य बाहिर ल्याउने काम गरेको बताए ।
उनले सो क्रममा नागरिकताबारे पक्राउ परेका सिरोहियाको वास्तविकतालाई पनि बाहिर ल्याएका छन् । कैलाश विरुद्दको मुद्दा अझै टुंगेको छैन ।
यता सहकारी प्रकरणमा मुछिएका रविमाथिको छानबिनको लागि संसदीय छानबिन समितिले काम थालिसकेको छ । रविको नामै नतोकिएको भए पनि उनी जोडिएका आधा दर्जन सहकारीको छानबिन हुँदा उनी स्वतः पर्ने समितिको माग गर्ने नेपाली कांग्रेसको दाबी छ ।