आलु प्याज आयात भन्सारमा प्रकाशशरणले लगाएको भ्याट वर्षमानले गरे खारेज, किसान मर्कामा
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
1k
Shares
काठमाडौँ । सरकारले आलु प्याज आयातमा लाग्दै आएको भ्याट खारेज गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा विदेशबाट आयात हुने आलु, प्याज, स्याउ लगायत वस्तुमा भ्याट लिने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थाको निकै विरोध हुँदै आएको थियो । सरकारले आन्तरिक उत्पादनलाई बढावा दिन यस्तो व्यवस्था गरेको जनाएको थियो ।
अर्थमन्त्री पुनले त्यसबाहेक अरु तरकारीको आयातमा समेत भ्याट अटाएका छन् । अरु वस्तुहरुमा भने अहिले दिँदै आएको भ्याट छुट हटाएको उनले बताए ।
सरकारले आन्तरिक उत्पादनमा प्रतिस्पर्धा हुने भनेकामा महतले भने आपत्ति जनाएका छन् । उनले भन्सारमा लगाइएको भ्याटलाई सरकारले आन्तरिक भनिरहेको भन्दै यसले किसानलाई झन् बढी असर पर्ने बताए ।
उनले सरकारको नियतमा खोट रहेकोसमेत प्रतिक्रिया दिए ।