arrow

यस्तो आयो अठार खर्ब ६० अर्ब ३० करोडको बजेट [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १५ मंगलबार
barsaman-pun-budget-2081.jpg

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट प्रस्तुत गरेका हुन् । 

उक्त बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन भएको छ । त्यस्तै, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ । 

त्यस्तै, प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानगरी चारवटा शीर्षकमा कुल ५ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । तथा बाँकी स्थानीय तहमा ३ खर्ब १२ अर्ब ८८ करोड र प्रदेशमा ९६ अर्ब ६ करोड रुपैयाँ पठाइएको छ । 


उक्त खर्चको स्रोततर्फ राजश्व संकलनतर्फ १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब १७ अर्ब ६७ करोड र अपुग हुने ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइने अर्थमन्त्री पुनले बताए ।

पूर्णपाठ


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ