काठमाडौँ । सरकारले यो वर्ष वृद्धभत्ता भनेर चिनिने सामाजिक सुरक्षा भत्ता बढाएन । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै यो वर्ष सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने बताएका हुन् ।
यसका लागि आगामी वर्ष १ खर्ब १६ अर्ब चाहिने सरकारको अनुमान छ । अहिले ६८ वर्ष उमेर समूहका नागरिले ४ हजार रुपैयाँ बराबर भत्ता पाउँदै आएका छन् । त्यस्तै, ६० वर्षभन्दा माथिका कर्णाली, दलित र एकल महिलाहरुलाई पनि यस्तो भत्ता दिँइदै आइएको छ ।
सामाजिक सुरक्षा भत्ताका लागि धेरै खर्च हुने भन्दै वृद्धभत्ताको उमेर ७० पुर्याउने चर्चा भए पनि सरकारले यो वर्ष यस्तो कुनै परिवर्तन गरेन ।